नमूना बन्दैछन नयाँ जिल्लाका सदरमुकाम

नवलपुरको सदरमुकाम कावासोती बजार

काठमाडौं, २० जेठ । सरकारले नयाँ बनाइएका दुई जिल्ला सदरमुकामलाई नमूना केन्द्रको रुपमा विकास गर्ने भएको छ ।

रुकुम पूर्व र नवलपरासी पूर्व (नवलपुर) जिल्ला सदरमुकामको भौतिक विकास योजना बनाइ नमूना सदरमुकामको रुपमा निर्माण गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ ।

मुलुक संघीयतामा गइसकेपछि प्रदेश निर्माण गर्ने क्रममा नवलपरासी र रुकम जिल्लालाई टुक्र्याएर दुई नयाँ जिल्ला सिर्जना गरिएको थियो । त्यसमध्ये नवलपुरमा पहिले नै जिल्लाका मुख्य कार्यालयको शाखा रहेकाले प्रशासन सञ्चालन केही सहज छ भने रुकुम पूर्वमा सम्पूर्ण पूर्वाधार निर्माण गनुपर्ने भएकाले कार्यप्रशासन सहज बन्न सकेको छैन ।

अब सरकारले ती दुई सदरमुकाममा शहरी पूर्वाधार तथा सरकारी संरचना निर्माण गरी नमूनाको रुपमा विकास गर्ने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको हो ।

त्यसैगरी, हुलाकी र मध्यपहाडी लोकमार्गको आसपासमा संभाव्यताको आधारमा २७ स्थानमा आधुनिक नयाँ शहरको पूर्वाधार विकासका लागि १ अर्ब ९८ करोड विनियोजन गरिएको छ ।

उपत्यकाभित्रका प्राकृतिक स्रोत, नदी, कोरिडोर सडक, यातायात, फोहरमैला, ढल, साँस्कृति सम्पदन र धरोहरहरुको एकीकृत विकास र व्यवस्थापन गर्न बृहत्तर गुरुयोजना तयार गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here