डिजिटल भुक्तानी प्रणाली विस्तार गर्न क्लियरिङ हाउस र सक्षमबीच साझेदारी

काठमाडौं, २० जेठ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र युकेएडको सक्षम – एक्सेस टु फाइनान्स कार्यक्रमले कनेक्ट आईपीएस इपेमेण्ट प्रणाली प्रवद्र्घन गर्न, राष्ट्रिय भुक्तानी इन्टरफेश (एनपीआई) लागु गर्न तथा सेटलमेण्ट ग्यारेण्टी फण्ड विस्तार गर्ने घोषणा गरेका छन् ।

यसअघि नै त्यसका लागि साझेदारी गर्ने सहमति गरेका यी दुई संस्थाले सोमवार त्यसको औपचारिक घोषणा गरेका हुन् । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त परियोजनाअन्तर्गत कनेक्ट ईपीएस इपेमेण्ट प्रणालीको प्रवर्द्धन गर्ने तथा त्यसको बारेमा सचेतना जगाउने र तालिम दिने, एनपीआई निर्माण गरी लागुु गर्ने र सेटलमेण्ट ग्यारेण्टी फण्डको विस्तार गर्ने योजना रहेको क्लियरिङ हाउसले जानकारी दिएको छ ।

नयाँ कार्यक्रमले नेपालभरका बैंक वित्तीय संस्थालगायत तीनका ग्राहकहरु, सरकारी तथा अर्ध(सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीलगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने बिश्वास लिइएको प्रधानले बताएका छन् । यस परियोजनाले देशव्यापी रूपमा डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।

‘हामीले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीतिसँग मेल खाने गरी विभिन्न भुक्तानी प्रणालीहरूको स्थापना तथा सञ्चालन गरिआएका छौं । हाल रणनीतिक रुपमा त्यस्ता प्रणालीहरूलाई समेत एकीकृत गर्ने, बैंक तथा वित्तीय संस्थाहरू तथा भुक्तानी क्षेत्रका सरोकारवालाहरूलाई डिजिटल भुक्तानी सेवाहरू विस्तार गर्नको लागि आवश्यक मद्दत प¥ुयाउने रहेको छ । हाम्रो डिजिटल भुक्तानी सेवा विस्तार गर्न गरिएका पहलहरुका लागि आजको साझेदारीले मद्दत पुग्ने अपेक्षा गरेका छौं,’ प्रधानले भने ।

नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासलाई, बैंक तथा वित्तीय संस्था, विभिन्न संस्था र ग्राहकहरूको लागि साझा प्रणाली उपलब्ध गराई ती संस्थाहरूले विना अवरोध भुक्तानी सेवा प्रवाह गर्न एनसीएचएलसँगको यस साझेदारीले सहयोग गर्ने छ, दाहालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here