विदेशिन फागुन महिनामा १९ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, १३ चैत । विश्वनै कोरोना महामारीको चपेटामा गुज्रिरहे पनि रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार फागुन महिनामा १९ हजार ८०८ जना नेपालीले विदेश जानको लागि श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये १८ हजार ४३६ जना पुरुष १३७२ जना महिला कामदार रहेका छन् ।

त्यसमा ९ हजार १४६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । फागुनमा नेपालीहरु बिभिन्न ६५ मुलुकमा वैदेशिक रोजगारीका लागि जनालाई श्रम स्वीकृति लिएका तथ्यांकले देखाएको छ ।

फागुनमा सबैभन्दा धेरै कामदारले कतार जानको लागि श्रम स्वीकृति लिएको देखिन्छ । उक्त मुलुकमा मात्र यस अवधिमा ७ हजार ४७३ जना नेपालीले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, दोस्रो नम्बरमा युएई रहेको छ, उक्त मुलुकमा जान ५ हजार २२६ जना नेपालीले स्वीकृति छन् । यसैगरि साउदी अरबमा जान ३ हजार ९६५ जना नेपालीले स्वीकृति श्रम लिएका छन् ।

यसका अलावा नेपालीहरु कुवेत, फ्रान्स जर्मन, कोरिया, साइप्रस, घाना, बहराइन, अफगानिस्तान लगायतका मुलुकमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका छन् ।

कोरोनाको महामारीलाई लक्षित गर्दै सरकारले गत फागुनको अन्त्य तिरबाट श्रम स्वीकृति दिन स्थगन गरेको थियो । तर, असारदेखि भने त्यो खुल्ला गरिएको छ । श्रम स्वीकृति खुल्ला गरेपछि विदेशीने कामदारको सख्या बढ्दै गएको छ ।

कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here