ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले दुवै जनालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन जनाएका छन् ।

एमालेले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।

यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत ओलीले पत्रमा उल्लेख गरेका छन्। यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्नसमेत ओलीले चेतावनी दिएका छन्।

नेपाल र रावल कार्वाहीमा परेको पत्र पाएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न कोटेश्वर पुगेका थिए । उनिहरुले दुई घण्टा कोटेश्वरमा छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here