आइएमई लाइफ र गरिमाबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं, २१ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट सीईओ गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे ।

सो बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले गरिमाको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवन बीमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नुछन् ।

आइएमई लाइफले हाल ७४ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफको उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको जीवन बीमामामपहुँच बढाउने रहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here