घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट ६ महिना निलम्बित

काठमाडौं, १९ चैत । नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । स्पष्टिकरण समयमा नदिएको, आत्मआलोचना नगरेको, स्पष्टिकरण पत्रमा अहंकार देखाएको, आफ्नो स्वार्थका लागि जनता र पार्टीको हितलाई क्षति पुर्याउन तयार रहेको, आपराधिक मनोवृति देखिाएको, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको बाटोमा पार्टीलाई समाहित हुने, पुराना गल्तीलाई स्वीकार गर्नुको साटो उल्टै स्पष्टिकरण सोध्ने काम गरेकाले निलम्बन गरिएको उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ समेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु(प्रतिनिधिसभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (शंशोधन २०७१ समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।’

यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here