शेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी, तारागाउँले ७ प्रतिशत प्रतिफल दियो

काठमाडौं, २१ जेठ । नेपाल स्टक एक्सचेञ्जको कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर १२८९.२८ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ ।

मंगलबार कूल १ सय ७२ कम्पनीको २२ लाख ५२ हजार ५ सय ४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६ सय १२ मा खरीदबिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । होटल ३२.६७, विकास बैंक २.४९, वित्त ०.४ र उत्पादन उपसमूह ४१.०२ बिन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ २.८७, व्यापार २.५३, जलविद्युत ७.७९, निर्जीवन बीमा ५५.०३, अन्य ५.०२, लघुवित्त १२.४०, जीवन बीमा २५.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।

नेप्सेका अनुसार शिवम सिमेन्टको शेयर सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको रु १२ करोड १३ लाख ११ हजार ८ सय ८९, प्रभु बैंक रु ९ करोड ३३ लाख ५४ हजार ४ सय ९०, नेपाल बैंक लिमिटेड रु ४ करोड ८७ लाख ६२ हजार ४ सय ६६, तारागाँउ रिजेन्सी होटल रु २ करोड ३८ लाख ५९ हजार ६ सय ९४, कन्काई विकास बैंक रु २ करोड १६ लाख ७० हजार ७सय ८३, कृषि विकास बैंक रु दुई करोड २ लाख ३५ हजार २ सय ३८, माथिल्लो तामाकोशी रु १ करोड ९४ लाख ६ हजार १ सय ५९ र एनसिसी बैंकको रु १ करोड ६९ लाख ३२ हजार ७ सय १० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

आज तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ६.९८ प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.८५, कन्काई विकास बैंक ५.३८, गुह्येश्वरी मर्चेन्ट बैंक ४.७२, कैलाश विकास बैंक ३.४३ प्रतिशतले कमाए ।

त्यस्तै जोशी हाइड्रो पावर ६.३८, मल्टीपर्पोज फाइनान्स कम्पनी ६.०८, मितेरी डेभलपमेन्ट बैंक ५.६०, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ५.३७, मञ्जुश्री फाइनान्स ४.७२ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ४.२० प्रतिशतले गुमाए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here