विज्ञापन बोर्डमा हुमागाईं र चुरे-मधेश संरक्षण विकास समितिको अध्यक्षमा पौडेल

काठमाडौं, २० चैत । विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हुमागाईं यसअघि नेपाल टेलिभिजनको महाप्रवन्धकमा पनि खुला प्रतियोगिताबाट प्रवेश गरेका थिए । उनी अहिले ईमेज च्यानल प्रालिको कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेका छन् ।

अध्यक्षका लागि तीन जनाको आवेदन परेको थियो । जसमा हुमागाईंसँगै लेखनाथ शर्मा ९पंगेनी० र रमेशकुमार खड्का थिए ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।

त्यस्तै बैठकले समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । डा. पौडेल वन क्षेत्रका विज्ञसमेत हुन् ।

त्यस्तै विकास समितिका सदस्यहरुमा अवकाश प्राप्त सहायकरथी बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।

सरकारले चुरे क्षेत्रमा समस्या समाधानका लागि २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here