भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराको टुटी खोलेर मेलम्ची पानी वितरणको उद्घाटन

काठमाडौं, २० चैत । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको पानीको औपचारिक उद्घाटन गरेकी हुन् ।

उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न‍ विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो। निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गरिएको हो।

शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here