बालुवाटारबाट प्रधानमन्त्री ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्दै

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १६५ वटा सडकको शिलान्यास गर्दैछन्। प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सरकारी निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा दरले सडक शिलान्यास गर्न लागिएको हो ।

सांसदहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रममा ठूलो दरमा बजेट माग गरेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्गको सुनसरीको धरानदेखि झापाको बाहुनडाँगी खण्डमा निर्माण हुने ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here