जहाज भित्रै गयो यात्रुको ज्यान

फाइल तस्वीर

काठमाडौं, २२ जेठ । मंगलबार भारतबाट संयुक्त अरव इमिरेट्स उडेको भारतीय वायुसेवा एयर इण्डियाको जहाज भित्रै यात्रुको ज्यान गएको छ । भारतको केरलास्थित त्रिवेंद्रम एयरपोर्टबाट यूएईका लागि उडेको जहाजमा यात्रुको स्वास्थ्य बिग्रियो ।

यसको खबर पाउनासाथ पाइलटले जहाजलाई सोही विमानस्थलमा फर्काएर इमर्जेन्सी ल्याण्ड गरे । तर, त्यतिन्जेलसम्म यात्रुको निधन भइसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । संतोश कुमार नाम गरेका ती यात्रु ६३ वर्षका थिए ।

तर, उनको मृत्युको कारण भने अझै स्पष्ट नभएको बताइएको छ । एयर इण्डियाको उक्त जहाज केरलाबाट यूएईको सारजहाका लागि उडेको थियो ।

उडानका दौरान आफूलाई अफ्ठयारो भएको बताएपछि चालक दलका सदस्यले जहाज फर्काउने निर्णय लिएका थिए । जहाज अवतरण हुनासाथ उनलाई तत्काल एयरपोर्टस्थित अस्पताल लगिएको थियो । तर, डाक्टरले तत्काल मृतक घोषणा गरे ।

यसअघि मे २०१९ मा एक यात्रु दिल्लीबाट इटालीको मिलानतर्फ उडेको जहाजमा बिरामी परे । त्यसपछि जहाज यूइएमा आकस्मिक अवतरण गरेपछि उनलाई मृत घोषणा गरिएको थियो ।

सन् २०१५ मा पनि एयर इण्डियाकै जहाज भित्र एक यात्रुको निधन भएको थियो । उक्त जहाज दिल्लीबाट मुम्बईका लागि उडेको थियो ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here