वसन्त मानन्धरको नेतृत्वमा खनाल-नेपाल समूहले काठमाडौंमा बनायो समानान्तर कमिटी

काठमाडौं, २२ चैत । एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी बनाएको छ । वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला समानान्तर कमिटी घोषणा गरेको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ ।

एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् । भेलामा नेताद्वय नेपाल र खनाल पनि उपस्थित थिए।

सर्वोच्च अदालतले एकतालाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएयता अहिलेसम्म एमालेभित्र तीव्र विवाद हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here