पेट्रोलियम पाइपलाइन निर्माण अन्तिम चरणमा

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
परियोजनाको ९९ प्रतिशत काम सकिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका उपनिर्देशक पुस्कर कार्कीका अनुसार अहिले पाइपलाइन संचालन, मर्मत तथा अध्यावधिक राख्न इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमका कर्मचारीलाई तालीम दिनेछ ।

बिहीबारबाट तालीम शुरु हुने उनले जानकारी दिए । तालीममा निगमका २५ जना कर्मचारी सहभागी हुने भएका छन् ।

तालीमपछि दक्षजनशक्तिमार्फत परियोजना हस्तान्तरण गरिने र त्यसमार्फत निगमले निगमले नियमित इन्धन आपूर्ति गर्न सक्ने कार्कीले उल्लेख गरेका छन् । कूल ७० किलोमिटर लामो यो पाइपलाईन बिस्तारको काम २०७२ सालमा शुरु भएको हो ।

यस परियोजनामा भारतीय आयल कर्पोरेशनले सहयोग गरेको छ । पाइप लाइनमा एक घण्टामा २ लाख लिटर तेल आउँछ ।

यो आयोजना निर्माण गर्न भारु २ सय करोड भारतले र ७५ करोड नेपालले बेहोर्ने गरी सम्झौता भएको थियो । पाइपलाइनमा आएको तेल राख्न अमलेखगन्ज डिपोमा ट्यांकी समेत निर्माण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here