अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी घोषणा

काठमाडौं, २४ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ ।

मंगलबार काठमाडौँमा बसेको नेपाल–खनाल पक्षको बागमती प्रदेश कमिटीको बैठकले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर प्रदेश समिति घोषणा गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले १७५ सदस्यीय समानान्तर कमिटी बनाएको छ ।

जसको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन्। सचिवमा रचना खड्का रहेकी छन् ।

बागमती प्रदेशको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन् ।

नेपाल खनाल पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला, काठमाडौँ र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ।

यी हुन् जिल्ला अध्यक्षहरू

काठमाडौं- वसन्त मानन्धर

ललितपुर- हरिकृष्ण थापा

भक्तपुर- रजन केसी

नुवाकोट- नारायण प्रसाद खतिवडा

सिन्धुपाल्चोक- झम्क नेपाल

मकवानपुर- मनु सिग्देल

सिन्धुली- सूर्य पाख्रीन

दोलखा- भीम दाहाल

रसुवा- पेम्बा तामाङ

चितवन -तेजेन्द्र खड्का

धादिङ-शिवराज कँडेल

रामेछाप-

काभ्रे- टोपबहादुर वाइवा