काठमाडौ, २७ चैत । एक सातामै सुनको भाउ प्रतितोला २५०० महंगिएको छ । शुक्रबार प्रतितोला ९०० रुपैयाँ बढेसंगै सुनको भाउ एक सातामै २५०० महंगिएको हो ।
आज प्रतितोला ९०० रुपैयाँ बढेसंगै छापावाल सुनको भाउ प्रतितोला प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ बढ्दै प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितो
ला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला २०रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२८० रुपैयाँ कायम भएको छ ।