उद्योग वाणिज्य संघको ५५ औं वार्षिक साधारण सभा शनिबार, भिजन पेपर सार्वजनिक गरिने

काठमाडौं, २७ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५५ औं वार्षिक साधारण सभा शनिबार काठमाडौंमा शुरु हुंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो कार्यक्रमको मुख्य थीम ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल’ रहेको छ ।

सो अवसरमा प्रधानमन्त्रीले महासंघको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक (भिजन पेपर) विमोचन गर्नेछन् । महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पना सहित भिजन पेपर तयार गरेको बताएको छ ।

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्ष भित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुरयाउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ र ती लक्ष्यलाई पुरा गर्ने वलियो आधार र सुझावहरु समेत भिजन पेपर मार्फत दिइने छ ।

भिजन पेपरको कार्यान्वयनमा महासंघले वार्षिक साधारण सभामा नेपाल सरकारको प्रतिवद्धतासमेत लिने एक विज्ञप्तिमार्फत बताएको छ । वंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सीले भिडियोमार्फत साधारण सभालाई संवोधन गर्ने महासंघले बताएको छ ।

सनिबार मध्यान्ह विभिन्न तीनवटा सत्रहरुमा भिजन पेपरका वारेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र माननीय श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीसहितको प्यानल डिस्कसन हुने कार्यक्रम छ ।
साधारण सभाका कार्यक्रम आइतबार सम्पन्न हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here