नेपाल एयरलाइन्सको जापान उडान स्थगित

काठमाडौं, २२ जेठ । नेपाल वायुसेवा निगमले जापान उडान स्थगित गरेको छ । १९ असारबाट जापानको ओशाकामा उडान गर्ने योजना बनाएको थियो ।
तर, पर्याप्त यात्रु नपाएपछि निगमले उडान बिस्तार गर्न नसकेको निगम स्रोतले जानकारी दिएको छ । तत्काल नयाँ मिति समेत तय नगरेको अवस्थामा तत्कालका लागि उडान स्थगित भएको हो ।

जापानमा टिकट बुकिङ पर्याप्त नभएपछि अहिलेका लागि निगमले जहाज जापान लैजान नसकेको स्रोतको भनाई छ । निगमले लामो समयदेखि बजारीकरण गर्न नसकेपछि जापान उडानमा फेरी असफल देखिएको हो ।

सन् १९९४ देखि २००७ सम्म निगमले जापानमा उडान गरिरहेको थियो । तर, जहाज संख्या कम भएपछि उडान बन्द भएको थियो । १२ वर्ष पनि उडान थाल्न लाग्दा निगमले यात्रु नै नपाउने अवस्था आएको छ ।

जापानले हप्ताको ३ वटा उडान गर्न नेपाल एयरलाइन्सलाई अनुमति दिएको छ । जापान, वाइडबडी आएपछि निगमले विस्तार गरेको पहिलो नयाँ गन्तब्य थियो । निगमले कोरिया, चीन, साउदीमा पनि उडान विस्तार गर्न प्रयास गरिरहेको छ ।

तर, ती देशले सुरक्षा लगायतका सवाललाई उठाएकाले निगमले सेवा विस्तार गर्न पाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here