कस्तो हुनुपर्छ बच्चाको कोठा ? यस्ता छन् टिप्स

बच्चाहरुमा साना साना कुराहरले पनि निकै ठुलो प्रभाव पार्ने गरेको हुन्छ । त्यसकारण बच्चामा कुनै प्रकारको नकारात्मक असर नपरोस भनेर अविभावक सचेत हुनुपर्छ ।

जसरी हामी दिनभरको काम र थकाईपछि घरमा आएर कुनै चिन्ता वा प्रेसर विना बस्न चाहन्छौ, त्यस्तै बच्चाहरु पनि चाहना हुन्छ , विद्यालयबाट फर्केर वा बाहिर खेलेर आएपछि अनन्दका साथ बसु । बच्चाहरु पनि आफ्नो कोठा आकर्षक होस भन्ने चाहन्छन्, ताकी गृहकार्य सकेर बस्दा आनन्द महसुश होस।

त्यसकारण आफ्ना बच्चाहरु बस्ने, सुत्ने, खाने जस्ता कोठाहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।

यसरी गर्नुहोस बच्चाहरको कोठाको सजावट

१. कोठा

बच्चाको लागि पढ्ने र सुत्ने कोठा एउटै बनाउने कि फरक फरक बनाउने भनेर यो कुरामा पहिले नै ध्यान दिनुपर्छ । एक भन्दा धेरै बच्चा भएको अवस्थामा छुट्टा छुट्टै कोठा उपलब्ध गराउँन सकिन्छ कि सकिदैन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।
त्यसो त शहरमा कोठाको भाडा बढ्दै गएको अवस्थामा तपाईंलाई बच्चाहरुको लागि लाई धेरै कोठा उपलब्ध गराउन गाह्रो पनि पर्न सक्छ ।

२. बजेट

आफ्नो बजेटलाई ध्यानमा राख्दै आफ्नो क्षमता अनुसार बच्चाको कोठाहरुको सजावट गर्नुपर्दछ ।

३. बेड

बेड कतिवटा राख्ने एक वा धेरै भन्ने कुरामा पनि ध्यान दिनुपर्दछ । बच्चा दुईवटा छन् भने बेड एक वटा राख्ने कि छुट्टा छुट्टै यो कुारमा ध्यान दिनुपर्दछ ।
एउटा ठुलो बेड राख्ने की साना साना दुईवटा राख्ने भन्ने विषयमा छलफल गर्नुपर्दछ ।

४. खुल्ला ठाउँ

बच्चाहरु प्राय धेरै खुल्ला ठाउँ भएको स्थानहरुमा बस्न रुचाउछन् । त्यसकारण कोठामा पनि केहि मात्रामा खुल्ला ठाउँहरु राख्नुपर्दछ र घरमा पनि खुल्ला ठाउँलाई ध्यान दिनुपर्दछ ।

५. भित्ताको रंग

बच्चाहरुको कोठाको भित्ताको रंग सकेसम्म सेतो प्रयोग गर्नुहुदैन । सेतो बाहेक अन्य जुनसुकै र रंगको प्रयोग गर्न सकिन्छ ।

६. तस्विर वा स्टिकर

यो विषयमा पनि बच्चाको लिङ्ग र चाहनाले प्रभाव पर्ने गर्दछ । केटा फुटवलर वा क्रिकेटरको फोटो राख्न मन पराउँछन् भने केटीहरु कुनै मोडलको फोटो राख्न मन पराउँछन् ।

७. वार्डरोब्स

यदी दुईवटा छन् भने अलगअलग वार्डरोब्स राख्नुपर्दछ । साथै उनीहरुको कोठामा कुनै प्रकारको बास्केट पनि राख्नु पर्दछ जसमा उनीहरु आफ्नो खेलौंना राख्न सकोस ।

८. टेबल

यदी सुत्ने र पढ्ने एउटै कोठा छ भने टेबल जहिले पनि धेरै प्रकाश आउँने ठाउँमा राख्नुपर्दछ ।

९. खेलौंना

बच्चालाई खेलौंना धेरै मन पर्दछ । केटाहरुको चाहना अलगअलग हुन सक्छ जस्तै रोबर्ट, फुटबल, रिमोट कन्ट्रोल कारलगायत कोठामा राख्न सकिन्छ । केटीहरुलाई भने बार्बी डल्स, टेडीबिएरलगायत मनपर्ने हुँदा कोठालाई यी सामग्री राखेर सजावट गर्न सकिन्छ ।

अन्त्यमा,

सबैभन्दा धेरै महत्त्वपुर्ण कुरा के हुन्छ भने बच्चाहरुको कोठाको रंग, फोटो साथै अन्य सामाग्रीहरु यस्तो हुनुपर्छ की जहाँ उनीहरु पढाईको साथसाथै रमाईलो अनुभव पनि गरुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here