‘विद्यालय केही समय बन्द भएपनि तत्काल लकडाउन हुँदैन’

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले आज बिहान ८ बजेदेखि राष्ट्रका नाममा सम्बोधन गर्दै तत्काल लकडाउन नगर्ने बताएका हुन् ।

ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे। सबै कुराभन्दा जनताको जीवन पहिलो भएको बताएका छन् । ‘नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन । उद्योग र विद्यालय केही समय बन्द भए केही समयमै पुनसञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् । सरकारको सही नीतिले कोरोनाबाट नेपालमा तुलनात्मक रूपमा कम क्षति भएको ओलीले दाबी गरे ।

केही सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले लकडाउनको धम्की दिँदै छन् भन्ने लेखेकोमा असन्तुष्टि व्यक्त गर्दै आफूले यस्तो धम्की दिने हैसियत नराख्ने समेत स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here