तीन लाख सहित हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज, २३ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई बुधबार पक्राउ गरेको छ ।

रक्सौलबाट वीरगञ्ज आउँदै गरेका बाराको सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षीय रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२ वर्षकै सौरभ कुमारलाई प्रहरीले चेकजाँचका क्रममा वीरगञ्जमा पक्राउ गरेको हो ।

उनीहरुका साथबाट स्रोत खुलाउन नसकेको २ लाख ९९ हजार ५ सय रुपैयाँ नगद र दुई थान मोबाइल पनि जफत गरिएको छ । उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले नेपालबाट भारततर्फ अवैधरुपमा सामान ओसारपसार गरिरहेको अवस्थामा वीरगञ्जका विभिन्न ठाउँबाट ६० किलो केराउ, एक साइकल, ८२ थान लेडिज टप्स र ५५ थान जेन्स भेष्ट जफत गरी भन्सार कार्यालयलाई बुझाएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here