१२२९ मूल्य रहेको आरएमडीसी लघुवित्तको शेयर ४३५ रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, २ बैशाख । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्री गर्ने भएको छ ।

लघुवित्त ३ लाख ९३ हजार ८०१ कित्ता शेयर बिक्रीको लागि बोलपत्र खुलाएको हो । जसको मूल्य प्रति कित्ता रु.४३५ रुपैयाँ तोकको छ ।

जसको लागि बैशाख २ गतेदेखी ८ गते सम्म आवेदन फारम भरी सक्नु पर्ने कम्पनीले जनाएको छ ।

शेयर आवेदन विद्यमान संस्थापक शेयरधनी, जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले शेयर किन्न सक्ने छन् ।

बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल बाट प्राप्त गरी सोही कार्यालयमा बुझाउन सकिने छ । अहिले शेयर एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ । मंगलबार आरएमडीसीको शेयर १२२९ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here