३३४८ मूल्य रहेको नेशनल माइक्रोफाइनान्सको शेयर १६०० मा किन्ने अवसर !

काठमाडौं, २ बैशाख । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । वित्तीय संस्थाले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६०० रुपैयाँमा बिक्रीमा ल्याएको हो ।

उक्त शेयर जेठ ३ गतेसम्म लिलामी प्रकृयाबाटखरिद गर्न सकिनेछ । यो शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही ब्याक्ति,कम्पनी संघ, संस्थाहरुले आवेदन दिन सक्ने व्यवस्था छ ।

बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त कम्पनीको शेयर मूल्य मंगलबार ३३४८ रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here