रुरु जलविद्युतको आइपीओ पर्‍यो कि परेन, नतिजा ३ बजेपछि मात्र

काठमाडौं, ३ बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर ९आइपीओ० बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यलयमा शुक्रबार बिहान ८:३० बजे आइपीओ बाँडफाँड भएको हो ।

आवेदन दिनेमध्ये भाग्मानी ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका छन् भने ७ जनाले थप १ कित्ता पाएका छन् । १५ लाख ५२ हजार ९८० जनाको भने हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा १६ लाख ६९ हजार ५६६ आवेदकबाट २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आवेदन परेकोमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको छ ।

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओ नतिजा ३ बजेपछि हेर्न सकिने जानकारी बाँडफाँडको क्रममा दिइएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको हो ।

शुक्रबार नेप्सेमा विदा भएपनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

यसरी हेर्नुहोस् नतिजा

आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्न बताइएको छ । यद्यपी रिजल्ट हेर्न मिल्ने गरी उपलब्ध गराइएका वेवसाइटहरु नतिजा अगाडि नै खुल्न समस्या देखिन थालिसकेकाले लगानीकर्ताले नतिजाका लागि भने सअज रुपमा हेर्न पाउने अवस्था देखिएको छैन ।

रुरु जलविद्युतको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here