एमालेका सांसदको ‘फ्लोर क्रस’ले जोगियो मुख्यमन्त्री शाहीको सरकार

काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा उनको प्रस्तावमा मतदान भएको हो ।

शाहीको प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको सभामुख राजबहादुर शाहीले सदनलाई जानकारी दिए । बैठकमा ३७ जना उपस्थित थिए । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

उनलाई कांग्रेसका ६ र ‘फ्लोर क्रस’ गर्दै एमालेका ४ जनाले मत दिएपछि उनको सरकार जोगिएको हो ।

माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

रुकुमकी देवी वलीले पनि फ्लोर क्रस गरेकी थिइन् । तर उनले पछि मत सच्याएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here