राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन्।

मन्त्रिपरिषद बैठकले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज अपराहन्न १ बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here