हिमालयन बैंक कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीमा

काठमाडौं, २३ जेठ । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीमा हिमालयन बैंक पनि आवद्ध भएको छ । अब हिमालयन बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आङ्खनो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्तगर्न सक्ने व्यवस्था रहेको छ ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आईपीएस छनौट गरी समेत भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीमा हाल सम्म ५६ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा ४९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।