भारत बन्यो कोरोनाको’हटस्पट’,एकैदिन २ लाख ९४ हजार जना संक्रमित थपिए

काठमाडौं, ८ बैशाख । भारतमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्। पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा थप २ लाख ९४ हजार २९० जनामा संक्रमण भएको हो।

अघिल्लो दिन भारतमा २ लाख ५६ हजार संक्रमित थपिएका थिए भने १७ सय बढीको मृत्यु भएको थियो। भारतमा पछिल्लो समय विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्। जसका कारण भारतका विभिन्न राज्यमा लकडाउन गरिएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५७१ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here