विभिन्न स्थानमा हावाहुरीको ताण्डव, सुदुरपश्चिममा ठूलो क्षति (तीन दिनको मौसमी पूर्वानुमानसहित)

काठमाडौं, २४ जेठ । बिहीबार साँझ र शुक्रबार बिहानै देशका विभिन्न स्थानमा आएका हावाहुरी तथा वर्षाले आतंकित मात्र बनाएन, धनजनको क्षति पनि भएको छ ।

बिहीबार साँझ कैलालीमा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसबाहेक दर्जनौं मानिस घाइते भएका छन् । घरमा क्षति पुगेको छ । शुक्रबार बिहानै काठमाडौं उपत्यकासहित यस आसपासका जिल्लामा भिषण हावाहुरी आयो ।

काठमाडौंमा मानवीय क्षति नपुगेपनि बिहानका काम तथा कलेजमा निस्कन पर्नेहरुलाई भने आतंिकत बनाएको थियो । मौसम पूर्वानुमान महाखाशाका अनुसार शुक्रबारदेखि आगामी तीन दिन सम्म मौसम बदली भइरहने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

यस्तो रहनेछ आगामी तीन दिनको मौसमी अवस्था
जेष्ठ २४ गते (शुक्रबार)

दिउँसो : देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका आंशिक वदली रही पश्चिमी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा हावाहुरि मेघ गर्जन सहित वर्षाको सम्भावना छ। देशका उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना छ ।

राति : देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु(भागका केहि स्थानहरुमा र पश्चिमी भु(भागका थोेरै स्थानमा मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।

जेष्ठ २५ गते (शनिवार)

दिउँसो : देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु:भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु:भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु:भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु:भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २६ गते (आईतवार)

दिउँसो : देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु:भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु:भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु:भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here