ओली र नेपालबीच वान टू वान भेटवार्ता, दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिए

काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता भएको छ।

काठमाडौंस्थित होटल मारियटमा करिब दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान (एक्ला एक्लै) वार्ता भएको हो ।

अध्यक्ष तथा ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट बुधबार दुई नेताबीच वार्ता भएको हो।

चैत ३ गते एमाले कार्यालय धुम्बाराहीमा भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच वार्ता भएको हो। तर, यो वार्तामा के कुरा भयो भन्ने विषय भने खुल्न सकेन।

वार्तापछि दुबै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिरिएका थिए भने सञ्चारकर्मीले नेता नेपाललाई भेटबारे जानकारी दिन आग्रह गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here