माधवकुमार गुट छोडेर ओलीतिर लागेका शेरबहादुर पार्टी कार्यालय सचिव

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) ले नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई दुवैजना पहिले माधवकुमार नेपाल समूहमा सक्रिय थिए। पछि दुवै जना ओलीपक्षतिर लागेका हुन्।

ओलीतिर लागेलगत्तै उषाकला राईले प्रदेश १ मा मन्त्री पद पाएकी थिइन्। ओ‌ली कम्याम्पमा फर्किएको केही दिनमै उनलाई प्रदेश १ को समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here