राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, १२ बैशाख । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगको तालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ । वैशाख २४ गते उमेदवारको मनोनय गर्ने कार्यतालिका छ । उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म निर्धारण गरेको छ ।

त्यस्तै, बैठकले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, वैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने, २९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here