नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

काठमाडौं, १४ बैशाख । सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाइएको छ।

अध्यागमन विभागले मंगलबार एक सूचना निकाल्दै १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही बैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको विज्ञप्तिमा जनाइएको छ ।

त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here