बालक विवाह धेरै हुने शिर्ष १० मुलुकमा नेपाल

सांकेतिक स्केच

काठमाडाैं, २४ जेठ । युनिसेसफले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये शिर्ष १० मा नेपाल पनि परेकाे प्रतिवेदन सार्वजनिक गरेकाे छ ।

युनिसेफका अनुसार उसले गरेकाे एक अध्ययनकाे क्रममा नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य फेला पारेकाे छ ।

विश्वका ८२ देशका तथ्यांकहरूकाे आधारमा गरिएकाे उक्त अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया रहेकाे पनि बताएकाे छ ।

‘बालविवाहले बालबालिकाको बाल्यावस्था हरन गर्छ,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, ‘बालविवाह भएका बालकहरूले उमेर नपुग्दै वयस्कहरूको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसको लागि उनीहरू तयार भएका हुँदैनन्। बालविवाह भएका बालकहरूले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरूशिक्षा र रोजगारीका अवसरहरूबाट वञ्चित हुन्छन्।’

तथ्याङ्कअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै बालकको (२८ प्रतिशत) बालविवाह भएको छ भने निकारागुवा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) पनि बालकको बालविवाह हुने गरेको छ ।

नेपाल दशाैं स्थानमा रहेकाे छ यहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने पनि युनिसेफले बताएकाे छ ।

अध्ययनअनुसार विश्वभरि कूल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ र बाल विवाह हुनेमा धेरैजसो बालिका रहेका छन् ।

त्यस्तै २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो ।

बालविवाहले बालिकाहरूमा पार्ने असर, सोको कारण र दरका बारेमा धेरै अध्ययनहरू भएका छन् तर बालकहरूको बालविवाहको विषयमा भने थोरै मात्र अनुसन्धान भएको पनि युनिसेफले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here