शनिवार र आइतबार ईपीएस परीक्षा , ९२ हजार यूवा सहभागी

काठमाडौं, २५ जेठ । आगामी वर्ष कोरिया जाने आफ्नो भाग्य परीक्षाका लागि शनिबार र आइतबार ९२ हजार यूवा प्रतिस्पर्धामा उत्रिदैछन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषा परिक्षा शनिवारबाट शुरु हुँदैछ ।

परिक्षा पोखरा र काठमाडौंमा संचालन हुँदैछ । ९२ हजार ३ सय ५६ जना यूवाले आगामी आवका लागि भाषा परीक्षा दिँदैछन् । सन् २०२० का लागि कोरियाले यस वर्ष १० हजार ५० जना नेपाली कामदारको कोटा उपलब्ध गराएको छ ।

यो परिक्षाको नजिता १३ असारमा प्रकाशित हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । यस वर्ष उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपालीको कोटा रहेको छ ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत नेपाली कामदार भित्राउन थालेको हो । आकर्षक कमाई र इज्यत पनि हुने भएकाले धेरै यूवा अहिले कोरियातर्फ आकर्षित भइरहेका छन् ।

नेपाली यूवाले एक पटकका लागि ५ वर्षको भिषा प्राप्त गर्छन् । त्यस अवधिमा उत्कृष्ट काम गर्ने यूवाले अर्को ५ वर्ष थप गरी काम गर्न सक्छन् । रोजगारदाताले रुचाएका कामदारलाई कोरियाबाटै श्रम स्वीकृति नविकरण गर्न सकिने प्रावधान रहेको छ ।

कोरियामा नेपालीले इमानदारी साथ काम गरेका कारण यो देशले नेपाली कामदारलाई रुचाइरहेको छ । अहिलेसम्म नेपालबाट ७० हजार भन्दा बढी नेपाली रोजगारीको खोजीमा कोरिया पुगिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here