भारत उडान स्थगित, आन्तरिक हवाई उडान अनिश्चितकालका लागि बन्द

काठमाडौं, १९ बैशाख । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत उडान स्थगित गरेको छ । ब्राजिल र दक्षिण अफ्रिकाको उडान मार्फत नेपाल आउने यात्रुलाई रोक्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन ।

अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने निर्णय भएको छ । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here