यो साता भारतमा थप १० नेपालीको मृत्यु, एनआरएनए अध्यक्ष पन्त पनि संक्रमित

काठमाडौं, २० बैशाख । यो साता भारतमा थप १० जनासहित ११ नेपालीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

गैर आवासीय नेपाल संघका अनुसार हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ ।

यो साता साउदी अरबमा पनि एक जनाको संक्रमणका कारण ज्यान गएको हो । संघको स्वास्थ्य समितिको शनिवार साँझसम्मको तथ्यांकअनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ ।

समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच संघका अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तरण, नेपालमा रु. १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here