विल गेट्स र मेलिन्डाले गरे २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य

काठमाडौं, २१ बैशाख । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् ।

दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मेलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मेलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो ।

दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका हुन्।​ दुवैले सन १९९४ मा विवाह गरेका थिए । अलग भएपछि पनि दुवैले बिल एण्ड मेलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने बताएका छन् ।

सन २००० मा स्थापना गरेको फाउन्डेसनले अहिलेसम्म विश्वभर झण्डै ५४ बिलियन डलरको सहयोग गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here