राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटाले दिए उम्मेदवारी

काठमाडौं, २४ बैशाख । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आफू पदमुक्त भएपछि रिक्त बनेको पदमा बादलले नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटा स्वतन्त्र उम्मेदवार हुन् ।

अघिल्लोपटक माओवादी केन्द्रबाट निर्वाचित भएका थापा माओवादी छाडेर एमालेमा लागेपछि पदमुक्त भएका थिए ।

बादल र देवकोटाले हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। उपनिर्वाचन आगामी जेठ ६ गते हुनेछ ।

बादलको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् ।

डा। देवकोटाले माओवादी सांसदलाई प्रस्तावक र कांग्रेस सांसदलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् ।

विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बाग्मती प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा माधव नेपालनिकट मानिन्छन् ।

लुम्बिनी प्रदेशमा रिक्त सिट कांग्रेसलाई दिने सहमति भएपछि बाग्मतीमा कांग्रेसले देवाकोटालाई समर्थन गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here