महामारीकाबीच एक महिनामा ५१ हजार नेपाली विदेशिए, ५८ हजार स्वदेश फिर्ता

फाइलफोटो/ सीसीएमसी

काठमाडौं २५ बैशाख । कोरोना महामारीकाबीच मुलुकमा रोजगारीको अवसर नहुँदा पुनः विदेश जाने नेपालीको संख्या बढेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।

तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनसार कोरोना महामारीबीच गत अप्रिल महिनामा ५१,७७५ जना नेपाली विदेश गएका छन्।

यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने नेपालीको मात्र हो। अध्यागमन विभागका अनुसार अप्रिलमा ४२,९०१ जना पुरुष र ८,८७१ जना महिला विदेश गएका छन्।

विदेश जाने तीनजनाको पहिचान खुलेको छैन। सोही अवधिमा विदेशबाट ५८,४४९ जना नेपाली स्वदेश फर्केका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here