प्रधानमन्त्रीको रिपोर्ट निगेटिभ, प्रेस सलाल्हाकार र स्वकीय सचिवलाई पुन: संक्रमण

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । शुक्रबार गरिएको स्वाब संकलनमा प्रधानमन्त्रीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरु दुवैलाई यस अघि पनि संक्रमण भएको थियो । उनीहरु दुवैले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका मध्येमा पर्छन्।

यहि २७ गते बस्ने संसद बैठकलाई लक्षित गरी शुक्रबार स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here