हिमालयन डिस्टिलरीको नाफा ५३.८९ प्रतिशतले बढ्यो

काठमाडौं, २६ बैशाख । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७७/७८ को चैत्र महिनासम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

प्रगति विवरण अनुसार तेस्रो त्रैमासमा ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोहि अवधिमा ४३ करोड ७१ लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको यस अवधिको तुलनामा नाफा ५३.८९ प्रतिशत बढी हो ।

गत वर्षको यसै अवधि सम्मको कारोवार र यस वर्षको सोही अवधि सम्मको कारोवारलाई तुलना गर्दा गत वर्षको चैत्र मसान्त सम्ममा कुल विक्री रकम रु.३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधि सम्ममा रु ३ अर्ब ८९ करोड नाफा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, गत वर्षको भन्दा ९ प्रतिशतले विक्री रकम बढ्न गएको छ । यसै गरि गत वर्षको यसै अवधिको खुद मुनाफा रकम रु. ४३ करोड ७१ लाख भएकोमा यस वर्षको सोही अवधिमा रु. ६७ करोड २७ लाख पुग्न गएकोछ ।

यस खुद मुनाफालाई तुलना गर्दा गत वर्ष भन्दा ५३.८९ प्रतिशत बढि आर्जन भएको कम्पनीको भनाइ छ ।

त्यसै गरि गत आ.व. सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ भएको छ ।

गत वर्ष प्राप्त कारोवार भन्दा यस वर्षको चैत्र मसान्त सम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here