बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम

काठमाडौं, २८ बैशाख । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार खलिफासहितको बहराइनको रोयल गार्ड टिमले मंगलबार बिहान स्थानीय समयअनुसार ६:४० बजे सगरमाथाको आरोहण गरेको हो ।

बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो ।

उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

उक्त टिम ८८४८.८६ मिटर उचाइ कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम पनि बनेको छ । साथै सगरमाथा आरोहण गर्ने उक्त टोली पहिलो पनि बनेको छ ।

आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको हो भने आरोहण दलको नेतृत्व टासी शेर्पाले गरेका थिए ।

१९ वर्षीय शेर्पा बिनाअक्सिजन सगरमाथा आरोहण गर्नै सबैभन्दा कम उमेरका व्यक्ति भएको पनि सेभने समिटले जनाएको छ ।

वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो ।

बहराइनका राजकुमार खलिफासहितको टोलीले यसअघि लोबुचे र मनास्लु हिमाल आरोहण गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here