चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी

काठमाडाैं, २६ जेठ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षद्वयमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भए ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सङ्घको १७औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here