तेस्रो हिमालयन ट्राभल मार्ट सम्पन्न, ४३ देशका ७०० प्रतिनिधि सहभागी

काठमाडौँ, २६ जेठ । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजार गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण सम्पन्न भएको छ ।

जेठ २३ देखि २६ सम्म आयोजना गरिएको मार्टमा विभिन्न ४३ देशका ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिजम सम्बन्धी मेलाको रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोगमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा मार्ट आयोजना गरिएको हो ।

गत बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पर्यटकीय प्रोडक्ट तथा सेवाहरुको प्रचुर सम्भाब्यता रहेको बताउँदै देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ट आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभवहरु प्रदान गर्नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत हिमालयन ट्राभल मार्ट सहयोगी हुने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा सुदूरपश्चिमको प्रसिद्ध छलिया नृत्य, हुडकेली लगायत विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

साथै, स्व. पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई उनको पर्यटन क्षेत्रको विकासका लागि निर्बाह गरेको अतुलनीय भूमिका एवम् अथक प्रयासको उच्च कदरगर्दै प्रधानमन्त्री मार्फत मार्टको विशेष अवार्ड प्रदान गरिएको थियो ।

विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया÷ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ पनि गरिएको थियो ।

भ्रमण वर्ष अभियानका संयोजक सुरज बैद्यले अभियान अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरुको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति पेस गरेका थिए ।

साथै, उपस्थित मिडिया ब्लर्गसहरुको जिज्ञासा एवम प्रश्नहरुलाई पर्यटन बोर्डका अध्यक्ष दीपकराज जोशी, पाटाका अध्यक्ष सुनील शाक्य तथा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले संयोजक बैद्यसँगै संयुक्त रुपमा सम्बोधन गरेका थिए ।

पाटाले मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गर्ने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here