एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन, को-को परे ?

काठमाडौं, २ जेठ । नेकपा एमालेको विवाद सुल्झाउन कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुईनेता बीच करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको छ ।

कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य समेटेर कार्यदल बनाइएको छ ।

कार्यदलको सदस्यमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

कार्यदलले तयार पारेको खाकाका आधारमा पार्टीभित्रका समस्या सुल्झाउदै जाने नेता नेपालले बताए । दुवै नेताबीच २०७५ जेठ २ मा फर्किने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here