टेलिकमको ‘भीओएलटीई’ सेवा तपाईको मोबाइलमा चल्छ ? यसरी गर्नुस् एक्टिभ

काठमाडौं, ३ जेठ । नेपाल टेलिकमले सोमबारबाट फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको परीक्षण सुरु गरेको छ ।

विश्व दूरसञ्चार दिवसको अवसर पारेर टेलिकमले सीमित मोबाइल सेटहरुमा मात्रै चल्नेगरी उक्त सेवा परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो ।

प्रयोगकर्ताका लागि परीक्षण शुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ।

जसको लागि सामसङका ३१ वटा मोडेल, साओमीका ५ वटा मोडेल र नोकियाका ३ वटा गरी ३९ मोडेलका स्मार्टफोनमा मात्रै हाल यो सेवा उपलब्ध छ ।

क्रमशः अन्य मोबाइलहरुमा समेत सेवा विस्तार गर्दै लैजाने प्रयास भइरहेको टेलिकमले जनाएको छ ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने टेलिकमले जनाएको छ ।

यसरी लिनुस् सेवा

नेपाल टेलिकमको भीओएलटीई सेवा लिन आफ्नो मोबाइलमा*४४४# डायल गर्नुपर्ने हुन्छ।

डायल गर्दा त्यहाँ तीनवटा विकल्प देख्न सकिन्छ। जसमा सबैभन्दा माथि फोरजी सेवा शुरुको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ।

त्यसपछि भीओएलटीइ सेवा सुरु गर्न सोहि नम्बर डायल गरेर दोस्रो नम्बर छनोट गर्नुपर्ने हुन्छ।

यो सेवा नलिएको भए त्यसमै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ।

नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट VoLTE भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

आफ्नो मोबाइल सेटले VoLTE सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte लिंक प्रयोग गर्न सकिन्छ ।

यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा support.volte@ntc.net.np मा इमेल पठाउन पनि सकिन्छ ।

टेलिकम प्रयोगकर्ताले फोरजी नेटवर्क प्रयोग गरेर भ्वाइस कल समेत गर्न सक्नेछन्। फोरजी नेटवर्कबाट भ्वाइस कल सेवा लिदा भ्वाइसको गुणस्तर एचडीस्तरको हुनेछ।

भीओएलटीईमा व्यक्ति–व्यक्ति भेटेरै कुराकानी गरेजस्तो उच्च गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने छ भने अर्को तर्फ कल सम्पर्क पनि तुरुन्त स्थापित हुने सुविधा यो सेवामा रहेको टेलिकमको भनाई छ।

यी मोबाइल सेटमा चल्छ टेलिकमको भीओएलटीई

Samsung Galaxy M01s
Samsung Galaxy M02
Samsung Galaxy M02s
Samsung Galaxy M11
Samsung Galaxy M12
Samsung Galaxy M21
Samsung Galaxy M30s
Samsung Galaxy M31
Samsung Galaxy A12
Samsung Galaxy A51
Samsung Galaxy A52
Samsung Galaxy A70
Samsung Galaxy A70s
Samsung Galaxy A71
Samsung Galaxy A72
Samsung Galaxy Note 10 Lite
Samsung Galaxy S10
Samsung Galaxy S10+
Samsung Galaxy S10e
Samsung Galaxy S20
Samsung Galaxy S20+
Samsung Galaxy S20 ultra
Samsung Galaxy S20 FE
Samsung Galaxy S21
Samsung Galaxy S21+
Samsung Galaxy S21 Ultra
Samsung Galaxy Note 10
Samsung Galaxy Note 10+
Samsung Galaxy Note 20
Samsung Note 20 Ultra
Samsung Galaxy Z Fold2
Xiaomi Redmi 9 Prime
Xiaomi Mi10
Xiaomi Redmi 9C
Xiaomi Redmi Note 9 Pro
Xiaomi Redmi 8A
Nokia 5.3
Nokia 7.2
Nokia 3.4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here