पत्रकारलाई जथाभावी भनेकोमा इटहरीका मेयर चौधरीद्वारा दुःख व्यक्त

काठमाडौं २६, जेठ । इटहरीका उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई जथाभावी भनेकोमा दुःख व्यक्त गर्दै आफ्नो भनाइ फिर्ता लिएका छन् । सञ्चार जगतलाई चोट पुगेको भन्दै उनले आफ्ना शब्द फिर्ता लिएका हुन् ।

शुक्रवार एक विज्ञप्ति जारी गरी उनले सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो कुनै मनसाय नरहेको बताएका छन् ।

‘०७५ जेठ २१ मा इटहरीका एक जना पत्रकार मित्रले फेसबुक कमेन्टको विषय लिएर मलाइ आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण व्यक्त भनाइबाट उँहा र सञ्चार जगतमा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै ती विचार फिर्ता लिन चाहन्छु ।’

इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रता र संबैधानिक हकप्रति प्रतिवद्ध रहेको बताउँदै उनले पत्रकार र स्थानीय नेतृत्व दुवै परिस्कृत र परिमार्जित बन्दै इटहरीको विकासमा अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।

चौधरीले इटहरीका एक जना पत्रकारलाई गाली गलौज गर्दै नाक भाँच्न एउटा घडेर (एक करोड रुपैयाँ) छुटट्याएको धम्की दिएका थिए । सोही विषयलाई लिएर समग्र प्रेश जगत आन्दोलित बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here