संसारभर कति छन् चराचुरुङ्गी, सबैभन्दा धेरै कुन ?

BBC

काठमाडौं । विश्वमा कम्तीमा ५० अर्ब चराचुरुङ्गी रहेको र तिनको सङ्ख्या ४३० अर्बसम्म रहेको हुनसक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।

प्रोसिडिङ्ग्स अफ न्याश्नल एकेडेमी अफ साइन्सेसमा प्रकाशित शोधले पहिलो पटक त्यसरी चराको गणना गर्न खोजेको थियो ।

त्यसमा चराविद्हरूले सँगालेका विवरणहरू समेटिएको छ ।

सबैभन्दा धेरै भँगेरा

विश्वमा सबैभन्दा धेरै सङ्ख्यामा भँगेरा रहेको र तिनको सङ्ख्या एक अर्ब ६० करोड रहेको बताइएको छ।

तीन वटा अन्य प्रजातिका चराहरू (युरोपियन स्टारलिङ्स, बार्न स्वालोज र रिङ्बिल्ड गल्स) पनि प्रत्येकको कूल सङ्ख्या एक अर्बभन्दा धेरै रहेको पाइएको छ ।

तर, धेरै चराका प्रजाति भने दुर्लभ रहेका छन् ।

प्रत्येक दशमध्ये एक प्रजातिका चराको सङ्ख्या भने पाँच हजारभन्दा कम रहेको जनाइएको छ ।

संसारभरिका चराको सङ्ख्याको यो अध्ययनले संरक्षणको काममा सघाउ पुग्ने अनि तिनलाई लोप हुनबाट जोगाउने अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सका टोलीले बताएका छन् । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here