राष्ट्रियसभा उपनिर्वाचन हुँदै, नतिजा आजै आउने

काठमाडौं, ६ जेठ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा एमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्यमा विहिबार उपनिर्वाचनको मतदान हुँदैछ।

उपनिर्वाचनमा थापासँगै खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान र आजै भर्चुअल माध्यमबाट परिणाम घोषणा हुनेछ।

मतदान स्थल भुटनदेवी विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड–१९ सङ्क्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको हुनेछ । मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here