संविधान संशोधनका लागि पाँच जनाको कार्यदल गठन

काठमाडौं, ७ जेठ । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बिहीबार पाँच सदस्य कार्यदल गठन भएको बताए ।

उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here